आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

पर्सामा मनोनयन उत्साहजनक

गोकर्णेश्वर खबर१७ कार्तिक २०७४, शुक्रबार ०४:०३ मा प्रकाशित (६ साल अघि) ९९४ पाठक संख्या

वीरगन्ज १६ कार्तिक – काँग्रेसबाट क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा अनिल रुँगटा रहेका छन् । बाम गठबन्धनबाट एमालेका बिचारी यादव र मधेशवादीबाट फोरम नेपालका जिल्ला अध्यक्ष प्रदीप यादवको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ बाट काँग्रेसका अजय चौरसिया, बाम गठबन्धनबाट माओवादीका मुसलिम मिया र मधेशवादीबाट फोरम नेपालका बिमल श्रीवास्तवले उम्मेदवारी दिएका छन् । त्यसतै क्षेत्र नमबर ३ बाट काँग्रेसका सुरेन्द्रप्रसाद चौधरी, बाम गठबन्धनबाट एमालेका राजकुमार गुप्ता र मधेशवादीबाट फोरम नेपालका हरिनारायण रौनियारले उम्मेदवारी दिएका छन् । पर्सा क्षेत्र नम्बर ४ बाट काँग्रेसका रमेश रिजाल, बाम गठबन्धनबाट माओवादी कि उर्मिला अर्याल र मधेशवादीबाट राजपाका लक्षमणलाल कर्णले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा सदस्यमा

प्रदेश सभाको सदस्य पदमा क्षेत्र नम्बर १ को एकमा काँग्रेसबाट रामनारायण प्रसाद कुर्मी र दुईबाट विजय सर्राफ रहेका छन् । यस क्षेत्रमा बाम गठबन्धनबाट एकमा माओवादीका रहवर अन्सारी र दुईमा एमालेका शम्भु गुप्ता रहेका छन् । फोरम नेपालले जन्नत अन्सारी र लालबाबु राउत गद्दीलाई मैदानमा उतारेको छ ।
क्षेत्र नम्बर २ को एकमा काँग्रेसबाट राजेश्वर प्रसाद तेली दुईबाट रामरुप उम्मेदवार प्रसाद रहेका छन् । बाम गठबनधनबाट एकमा रामचन्द्र साह तेली २ मा छोटेलाल पटेल छन् । मधेसवादीबाट यहाँ एकमा राजपाका रमेश पटेल र दुईमा फोरमका रामनरेश यादव रहेका छन् ।
पर्सा क्षेत्र नम्बर ३ मा काँग्रेसले एकबाट चन्द्रशेखर पञ्जियार र दुईबाट जनार्दन सिंह क्षेत्रीलाई मैदानमा उतारेको छ । बाम गठबन्धनले यहाँ प्रदेश सभाको एक नम्बरबाट एमालेका नागेन्द्र चौधरी र दुईबाट माओवादीका छोटेलाल यादवलाई टिकट दिएको छ । मधेशवादीले यहाँ एकबाट मन्जुर अन्सारी र दुईबाट प्रहलाद गिरीलाई टिकट दिएको छ